वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको यात्रा सुरु गर्दा बाटामा केही नयाँमोड आएपनि सिद्धान्त नछोडेको स्पष्ट पारेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले समावेशीता, संघीयता, सुशासन, समृद्धि र समाजवादको मूलमान्यता र गन्तव्यमा दृढ रहेको बताएका छन् ।
बाबुराम भन्छन्– पार्टीको नाम र चुनाव चिह्न फेरिए पनि लक्ष्य/गन्तव्य फेरेका छैनौं
अध्यक्ष डा.भट्टराईले शुक्रबार बिहान ट्वीटरमा उल्लेख गरेका छन्,‘गणतन्त्रको नयाँ संविधान जारी भएसँगै नयाँ युगको नयाँ गन्तव्यनिम्ति वैकल्पिक राजनीतिको यात्रा सुरु भएको थियो । बाटामा केही नयाँमोड आएपनि समावेशीता, संघीयता, सुशासन, समृद्धि र समाजवादको मूलमान्यता र गन्तव्यमा हामी दृढ छौं ! बाटामा कुकुर भुक्दै गर्छन् तर यात्री निरन्तर गन्तव्यमा लम्किरहन्छन् ।’
पूर्वमन्त्री जेपी गुप्ता भन्छन्– देशका लागि बाबुरामको अनुभव तथा भूमिकाको उपयोग हुनु पर्दछ
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij