वेबटिभी खबर
नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भएपछि प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीका समस्या समाधान हुन्छ भन्ने आश थियो ।
नेता पौडेल मन्त्री भएको लामो समय भयो । तर समस्या यथावत् छ । विद्यालय कर्मचारीबाहेक अन्य शिक्षकका तलबमा केही प्रतिशत वृद्धि गर्ने कार्यबाहेक मन्त्री पौडेलले सिन्को भाँचेनन् ।
शिक्षा क्षेत्रका दीर्घकालीन समस्या समाधानमा उनको ध्यान गएन । इसीडी शिक्षक र विद्यालय कर्मचारीकै न्यूनतम समस्या पनि उनले पूरा गरेनन् । यतिखेर उनी चुनाव प्रचार–प्रसारमा लागेका छन् ।
उनी गृहजिल्ला बाग्लुङ–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । विद्यालय कर्मचारी आफ्ना विभिन्न माग लिएर डेढ महिनादेखि आन्दोलनमा रहँदा शिक्षा मन्त्रीले आफ्नै पार्टीका अर्थ मन्त्री जनार्दन शर्मा हुँदासम्म माग पूरा गराउन आग्रह गरेनन् । लविङ गरेनन् या गराउन चाहेनन् ।
उही अहिले आफू मन्त्री भएर शिक्षा क्षेत्रमा यस्तो गरेँ र उस्तो गरेँ भन्दै भोट मागिरहेका छन् । खासमा उनले केही पनि गरेका छैनन् । मन्त्री पौडेलले केही हप्ताअघि शिक्षाको सोचपत्र–२०७९ भन्दै ५, १० र १५ वर्षभित्र गर्ने योजना ल्याए । उक्त योजना कहिले पूरा हुने हो ? यसै भन्न सकिन्न ।
चुनावको मुखमा आफ्नो लोकप्रियताका लागि ल्याइने योजनाहरू कार्यान्वयन हुने गरेको देखिएको छैन । विद्यालयको आधारस्तम्भ विद्यालय कर्मचारी र इसीडी शिक्षकको पीरमर्कामा औषधिउपचार नदिने मन्त्रीलाई किन भोट दिने ? भन्दै कर्मचारी र इसीडी शिक्षकले सामाजिक सञ्जालमा भनिरहेको देखिन्छ ।
सीता गुरुङ
कीर्तिपुर काठमाडौं
विद्यालय कर्मचारीका माग

बालविकास शिक्षक केन्द्रीय समितिले गर्याे यस्ता माग
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij