Logo

२०८३, कार्तिक २० गते बिहिवार

२०८३, कार्तिक २० गते बिहिवार

मेक्सिकोलाई पराजित गर्दै अर्जेन्टिना विजयी

मेक्सिकोलाई पराजित गर्दै अर्जेन्टिना विजयी

  • 418
    SHARES
  • मेक्सिकोलाई पराजित गर्दै अर्जेन्टिना विजयी

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको आज भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो । 

    समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि आजको खेल जित्नुपर्ने बाध्यता थियो । जितसँगै अर्जेन्टिनाले ३ अङ्क जोड्दै समूहमा दोस्रो स्थानमा उक्लिएको छ । 

    आजको खेल पहिलो हाफमा बराबरीमा टुङ्गिएको थियो । खेलको दोस्रो हाफ अर्थात् ६४औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने खेलको ८७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै जित सुनिश्चित गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij