वेबटिभी खबर
काठमाडौं । कृषि विकास बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकले लाभांश शेयर धनीहरूलाई १३ प्रतिशतले लाभांश वितरण गर्ने भएको छ ।
बैंकको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २ प्रतिशत बोनस शेयर र करसहित ११ प्रतिशत नगद लाभांश गरि शेयरधनीहरूलाई १३ प्रतिशत बोनस वितरण गर्ने भएको छ ।
कम्पनीले नेपाल अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले नगद लाभांश दिने जनाएको छ । बैंकले गत वर्ष २० प्रतिशत बोनस शेयर र कर तिर्न १.०५२ प्रतिशत नगद लाभांश गर िकुल २१.०५२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij