वेबटिभी खबर
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले विदेशी हस्तक्षेपको खतरा आकलन गर्न ढिला भइसकेको तर्क गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो मिश्रले यस्तो तर्क गरेका हुन् ।
‘विश्व राजनीतिको केन्द्र दक्षिणरपूर्व एसिया बन्दै जाँदा नेपालको भूराजनीतिक अवस्थिति विदेशी शक्तिका लागि बढ्दो चासो बन्दै जानु स्वाभाविक हो । हाम्रो स्वाभिमानहीन नेतृत्व, भ्रष्टता, अविकास, अशिक्षा, विपन्नताले त्यो हस्तक्षेपलाई मलजल प्रदान गर्छ नै,’ उनले लेखेका छन्, ‘तर त्यसलाई सम्मानजनक र कूटनीतिक ढंगबाट सामना गर्न र सन्तुलनमा राख्नसक्ने संस्था र नेतृत्व हामीलाई चाहिन्छ कि चाहिँदैन ? राजनीतिक संकट पर्ने वित्तिकै विदेशी दूतहरू नेताका घरघर र बालुवाटारका कोठाचोटामा प्रवेश गर्ने या निम्त्याइने प्रवृत्तिलाई रोक्ने कि नरोक्ने ? कि त्यसबारे टिप्पणीमात्रै गरेर बस्ने ?’
अब यो विषयमा संवेदनशील नहुने हो भने राजनीतिक स्थिरता र आर्थिक विकास हासिल गर्न कठिन हुने उनको भनाइ छ । समय घर्किएपछि आएको चेतना केवल पश्चतापमा सीमित हुने र त्यसको केही अर्थ नहुने उनले औंल्याएका छन् ।
‘अब पनि हामीले यो विषयमा संवेदनशील नहुने हो भने, हामी न राजनीतिक स्थिरता न आर्थिक विकास हासिल गर्न सक्छौँ । हामीलाई अन्तत्वगत्वा, लोकतन्त्रले नै मार्छ। सचेत बन्न ढिलो भइसक्यो । समय घड्किएपछि आएको चेतना केवल पश्चतापमा सीमित हुन्छ, त्यसको केही अर्थ हुँदैन,’ उनले लेखेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij