वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छिन् । उपसभामुख चयनका लागि शनिबार भएको मतदानमा १६६ मतसहित इन्दिरा राना निर्वाचित भएकी हुन् ।
प्रतिनिधिसभा बैठकमा उपस्थित २६४ सांसदमध्ये १६६ जनाले रानाको पक्षमा मत दिएका छन् भने विपक्षमा ९७ जनाले मत दिएका छन् । त्यस्तै १ जना सांसद तटस्थ बसेका छन् ।
सत्ता गठबन्धनको भागबन्डामा सभामुख नेकपा एमालेको पक्षमा परेको थियो भने उपसभामुख रास्वपाको भागमा परेको थियो । रानाले सत्ता गठबन्धनबाट साझा उम्मेदवारी दिएकी थिइन् ।
गत माघ ५ गते भएको सभामुख निर्वाचनमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij