Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बाबुरामको प्रश्न– जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भयो, बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ?

बाबुरामको प्रश्न– जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भयो, बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ?

  • 448
    SHARES
  • बाबुरामको प्रश्न– जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भयो, बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ?

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष  तथा पूर्व माओवादी नेता डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? भन्दै प्रश्न गरेका छन् ।

    डा.भट्टराईले पूर्वमाओवादीहरू एक हुन पनि आह्वान गरे । उनले एकैपटक पार्टी एकता गर्न समस्या भए सुरुमा गठबन्धन बनाएर अगाडि बढ्न पनि सकिने बताए ।

    शहिद तथा बेपत्ता योद्धा फाउन्डेसनले शहिद सप्ताहको अन्तिम दिनमा आइतबार आयोजित कार्यक्रममा काठमाडौंमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले भने, ‘अहिले आक्रमण भइरहेको छ । माओवादी जययुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ । एउटा बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ? तीन वर्ष अगाडिको एउटा सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफस्तार गर्ने मुद्दा लगाउन मिल्छ भन्ने निर्णय गर्नु त्यो निहुँ खोजेको होइन ? जिस्क्या होइन त्यो ? यस्ता कुरामा हामी सहकार्य त गर्न सक्छौं नि ! किन हामी सडकमा निस्कन सक्दैनौं ? सक्छौं नि ! विचार मिल्नेहरू एउटै ठाउँमा आएर एउटै पार्टी बनाऔं ।’

    माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाइन्छ : विप्लव माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाइन्छ : विप्लव

    ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै प्रचण्डले भने–  भुत प्रेतहरू बाटामा निक्लिँदैमा केही हुँदैन ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै प्रचण्डले भने– भुत प्रेतहरू बाटामा निक्लिँदैमा केही हुँदैन

    माओवादी भन्ने पुच्छर राखेर पार्टी बनाइराख्नु आवश्यक छैन : अध्यक्ष डा.भट्टराई माओवादी भन्ने पुच्छर राखेर पार्टी बनाइराख्नु आवश्यक छैन : अध्यक्ष डा.भट्टराई

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij