Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

गठबन्धनको विद्यमान सरकार पाँचै वर्ष चल्छ : अध्यक्ष नेपाल

गठबन्धनको विद्यमान सरकार पाँचै वर्ष चल्छ : अध्यक्ष नेपाल

  • 286
    SHARES
  • गठबन्धनको विद्यमान सरकार पाँचै वर्ष चल्छ : अध्यक्ष नेपाल

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक-वाम गठबन्धनको विद्यमान सरकार पाँच वर्षसम्म कायम रहने बताएका छन् ।

    पार्टी केन्द्रीय प्रचार विभागद्वारा आज आयोजित सम्पादकसँगको नियमित भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष नेपालले विद्यमान सरकारले पाँच वर्ष निरन्तरता पाई मुलुकमा राजनीतिक स्थायित्व कायम हुने बताएका हुन् ।

    राष्ट्र, राष्ट्रियता, संविधान र शासन प्रणालीको रक्षाका लागि अहिले लोकतान्त्रिक–वाम शक्तिबीच सहकार्य भएको स्पष्ट गर्दै उनले केन्द्रमा जस्तै क्रमशः सबै प्रदेशमा लोकतान्त्रिक–वाम गठबन्धन सरकार गठन हुने बताए ।

    संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास, समृद्धि र सुशासनका पक्षमा मुलुकका वामपन्थी शक्तिबीच सहकार्य, मोर्चा र एकतासम्म हुनसक्ने तर आफूले नेतृत्व गरेको एकीकृत समाजवादी अन्य पार्टी विशेषसँग विलय नहुने अध्यक्ष नेपालले स्पष्ट गरे ।

    पार्टी महासचिव घनश्याम भुसालले देशव्यापीरूपमा पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन भइरहेको जानकारी दिँदै स्पष्ट नीति तथा कार्यक्रमका साथ आमजनताको मन जितेर एक सशक्त एवम् सुदृढ वामपन्थी पार्टीका रूपमा एकीकृत समाजवादी पार्टी स्थापित हुने धारणा व्यक्त गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij