Logo

२०८३, कार्तिक २० गते बिहिवार

२०८३, कार्तिक २० गते बिहिवार

चन्द्रागिरि नपालाई १० थान अक्सिजन सिलिन्डर सहयोग

चन्द्रागिरि नपालाई १० थान अक्सिजन सिलिन्डर सहयोग

  • 494
    SHARES
  • चन्द्रागिरि नपालाई १० थान अक्सिजन सिलिन्डर सहयोग

    काठमाडौं । चन्द्रागिरि नगरपालिकालाई १० थान अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री सहयोग गरिएको छ । काठमाडौं प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिलाई बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेशनलले आज संयुक्त रुपमा उक्त अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

    नगरपालिकामा आज आयोजित कार्यक्रममा बाल विकास समाजका व्यवस्थापक प्रदीप श्रेष्ठ र वल्र्डभिजनका को-अर्डिनेटर भरत तामाङले नगरपालिकाका उपप्रमुख लिशा नकर्मी र प्रमुख प्रशासकीय अधिकृत निरज पौडेललाई हस्तान्तरण गरेका हुन् ।

    विगतका वर्षमा नगरपालिकासँग सहयोग र साझेदारी गरेका उक्त संस्थाले १० अक्सिजन सिलिन्डर, २० अक्सिमिटर, २० थर्मल गन र ५० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहयोग गरेको नगरपालिकाका विपद् व्यवस्थापन प्रमुख भद्रा अर्यालले जानकारी दिए।

    विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरिएन्टसहित दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि चन्द्रागिरिले कोरोना संक्रमितको उपचारका लागि तीन अक्सिजनसहितका आइसोलेशन केन्द्र र एउटा अस्पताल सञ्चालनमा ल्याएको छ ।

    उक्त आइसोलेशन केन्द्रको आवश्यकताका आधारमा नगरपालिकामा प्राप्त स्वास्थ्य सामग्री वितरण गरिने नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।

    चन्द्रागिरिमा हालसम्म चार हजार ५८६ कोरोना संक्रमित भइसकेका छन् । सोमध्ये चार हजार एक सय ४६ कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

    संक्रमितमध्ये ३६२ होम आइसोलेशन र १९ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चन्द्रागिरिमा हालसम्म कोरोनाका कारणले ५९ जनाले ज्यान गुमाइसकेका छन् । काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा हाल १५ वडा रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij