वेबटिभी खबर
काठमाडौं । सिभिल बैंकको सीईओ (प्रमुख कार्यकारी अधिकृत) पदमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको सञ्चालक समतिको बैठकले पोखरेललाई ४ वर्षका लागि सिभिल बैंकको सीईओ पदमा नियुक्ति गरेको हो ।
पोखरेलको कार्यकाल भने असार १८ गते मात्रै सुरु हुनेछ । सीईओ गोविन्द गुरुङले २ महिनाअघि राजीनामा दिएपछि त्यसलगत्तै पोखरेललाई निमित्त सीईओको जिम्मेवारी दिइएको थियो ।
त्यसअघि उनी डेपुटी सीईओ थिए । पोखरेलसँग २० वर्ष तत्कालीन ग्रिन्डलेज (हाल स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा काम गरेको अनुभव छ । यसपछि एनआईसी एसिया बैंक, नबिल बैंकमा पनि उनले उच्च पदमा रहेर काम गरेका पोखरेलसँग म्यानमारको बैंकमा समेत काम गरेको अनुभव छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij