Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सुख्खाको मारमा जलेश्वर, नगरपालिकाले ट्याङ्करबाट पानी वितरण गर्न थाल्यो 

सुख्खाको मारमा जलेश्वर, नगरपालिकाले ट्याङ्करबाट पानी वितरण गर्न थाल्यो 

  • रासस
  • जेठ २९, २०८० सोमवार ११:४३ बजे
  • 332
    SHARES
  • सुख्खाको मारमा जलेश्वर, नगरपालिकाले ट्याङ्करबाट पानी वितरण गर्न थाल्यो 

    महोत्तरी । गर्मी बढेसँगै महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा पानी सुक्न थालेको छ ।

    खानेपानीको कमी भएपछि जलेश्वर नगरपालिकाले नगर क्षेत्रमा ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ । पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ । जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले नगरको विभिन्न वडामा ट्याङ्करबाट पानी वितरण भइरहेको जानकारी दिए ।  

    १२ वडा रहेको जलेश्वर नगर क्षेत्रभित्रका १२ हजार तीन सय ८० घरधुरीमा अधिकांस धार जडान भएका छन् । गर्मीसँगै सुख्खासमेत रहेकाले धारा र चापाकल सुकेर पानी आउन बन्द भएको हो । मधेस प्रदेशका भू तथा वातावरणविज्ञ बेचन महतोले नगर क्षेत्रभित्रको जलस्तर कम हुँदा पानीका स्रोत सुकेको बताए ।  

    Jaleshwor.jpg
    जलेश्वरमा ट्याङ्करबाट पानी वितरण गरिँदै

    जलेश्वरमा यसअघि कहिले पनि पानीको अभाव भएको थिएन । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बर्दिबास , गौशाला, भङ्गहा, औरही, बलवा, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकामा पनि पानीको समस्या भएको बताइएको छ ।  महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले खानेपानीको अभाव हुन नदिन काम भैराखेको जानकारी दिए । 

    चुरे विनास र पोखरीहरु पुरेर प्लटिङ हुन थालेपछि समथर भुभागमा पानीको कमी हुन थालेको हो । ‘ग्राउण्ड वाटर रिचार्ज’ का लागि घना वन र जलाधार क्षेत्रको संरक्षण जरुरी भएको स्थानीयले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # खानेपानी अभाव

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij