वेबटिभी खबर
काबुल । अमेरिकाका एक वरिष्ठ सैन्य कमान्डरले अमेरिकी सेना फर्किएपछि अफगानिस्तानमा गृह युद्ध हुने खतरा बढेको बताएका छन् । गत महिनादेखि अमेरिकी सैनिक स्वदेश फर्किन सुरु गरेका छन् । यसैबीच तालिबान लडाकुले पनि अफगानिस्तानका विभिन्न जिल्ला पुनः आफ्नो नियन्त्रणमा लिन थालेपछि विश्व समुदाय चिन्तित बनेको छ ।
सेप्टेम्बर ११ सम्म अफगानिस्तानमा रहेका सबै अमेरिकी सैनिक फर्किइसक्ने छन् । अहिलेको स्थितिबारे बोल्दै अमेरिकी जनरल स्कट मिलरले अफगानिस्तानको राजनीतिक नेतृत्वले जनतालाई एकजुट गराउन नसके आगामी समयमा अत्यन्तै जटिल परिस्थितिको सामना गर्नुपर्ने बताए ।
यसभन्दा अगाडि संयुक्त राष्ट्र संघले तालिबानको बढ्दो प्रभावबारे चिन्ता व्यक्त गरेको थियो । राष्ट्र संघले अफगानिस्तानमा अझै केही अमेरिकी सैनिक बाँकी रहँदा नै तालिबानले आफ्नो क्षेत्र विस्तार गरिरहेको बताएको थियो ।
तालिबान लडाकुले ३७० मध्ये ५० जिल्ला नियन्त्रणमा लिइसकेका छन् । अहिले विस्तारै तालिबान राजधानी काबुलतर्फ बढिरहेको छ । अहिलेसम्म १०० जिल्ला कब्जा गरिसकेको दाबी पनि गरेको छ ।
विदेशी सेना फिर्ता हुन थालेपछि तालिबानकाे कब्जामा अफगानिस्तानका जिल्ला
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता प्रक्रिया सुरु
सेप्टेम्बरबाट अफगानिस्तानमा रहेका अमेरिकी सेना फर्किने
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij