वेबटिभी खबर
मोरङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कोशी प्रदेशले मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छिन् ।
न्यू सृष्टि दैनिकको १३औँ वार्षिकोत्सव एवं सम्मान कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उनले प्रदेशका जनताले गरेको आन्दोलनका कारणमा मुलुकमा गणतन्त्र र लोकतन्त्र स्थापना भएको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा बसोवास गर्ने विविध जातजाति, भाषाभाषी एवं संस्कृति अवलम्वन गरेका समुदायका वीचमा आपसी सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्ने काममा सञ्चार माध्यमले योगदान गर्नुपर्ने बताइन् ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश पुनः नामकरण संघर्ष समितिसँग आज भएको पाँच बुँदे सहमतिले प्रदेशमा आजदेखि बन्द हडताल सधैँका लागि बन्द गरेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij