Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

म्यान्मारः आङ सान सुकी १७ फेबु्रअरीसम्म नजरबन्दमा रहनेछिन्

म्यान्मारः आङ सान सुकी १७ फेबु्रअरीसम्म नजरबन्दमा रहनेछिन्

  • फाल्गुण ३, २०७७ सोमवार ०७:४१ बजे
  • 1.6K
    SHARES
  • म्यान्मारः आङ सान सुकी १७ फेबु्रअरीसम्म नजरबन्दमा रहनेछिन्

    याङगुन । सेनाको नियन्त्रणमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी १७ फेबु्रअरीसम्म हिरासतमै रहने उनका वकिल खिन माउङ जाओले बताएका छन् ।

    यसभन्दा अगाडि सुकीलाई सोमबार रिहा गरिने बुझिएको थियो । उनको रिहाइको माग गर्दै देशभर व्यापक प्रदर्शन भइरहेको छ । त्यहाँको सेनाले दुई साताअघि नेताहरुलाई नजरबन्दमा राखेर सत्ता कब्जा गरेको थियो । त्यहाँ प्रजातन्त्रको पुनःबर्हाली गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट आवाज उठिरहेको छ ।

    सोमबार वकिलले भनेका छन्, ‘अदालतका न्यायाधीशले सुकी १७ फेबु्रअरीसम्म नजरबन्दमा रहनेछिन् । उनी हाल प्रहरीको निगरानीमा हुनेछिन् ।’ सोमबार बिहान न्यायाधीशले भिडियो कन्फ्रेन्सको माध्यामबाट सुकीसँग कुरा गरेको बताएका छन् ।


    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij