Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

स्वास्थ्य सेवा प्रभावकारी बनाउन निजी क्षेत्रको सहभागिता जरुरी : मन्त्री पौडेल

स्वास्थ्य सेवा प्रभावकारी बनाउन निजी क्षेत्रको सहभागिता जरुरी : मन्त्री पौडेल

  • 142
    SHARES
  • स्वास्थ्य सेवा प्रभावकारी बनाउन निजी क्षेत्रको सहभागिता जरुरी : मन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले निजी क्षेत्रको सहभागितामा जनशक्ति उत्पादनको प्रक्रियालाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

    सोमबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले तीन सय बेडका सबै अस्पतालहरुमा नीजि क्षेत्रको सहभागितामा जनशक्ति बढाउने र भएको उपकरणहरुको प्रभावकारी तरिकाले प्रयोग गर्नुपर्ने बताए । 

    मन्त्री पौडेलले भने, ‘हामीले अहिले स्रोत साधन, जनशक्ति बढाउन सक्ने अवस्थामा छैनौं । उपलब्ध साधन स्रोत र जनशक्तिभित्रबाट प्रभावकारिता बढाउन आवश्यक छ । तीनसय बेडका सबै अस्पतालहरुमा नीजि क्षेत्र समेतको सहभागितामा जनशक्ति उत्पादनको प्रक्रियालाई अगाडि बढाउन सक्नुपर्छ । भएको उपकरणहरुको पनि प्रभावकारी तरिकाले प्रयोग गर्नुपर्छ ।’

    उनले सेवा प्रभावकारी बनाउन खोज्ने तर लगानी गर्न डराउने हो भने प्रभावकारितामा प्रभाव पर्ने जनाए । मन्त्री पौडेलले भने, ‘यो क्षेत्रमा लगानी अभिवृद्धि गर्न आवश्यक छ । त्यसको लागि पहलकदमीहरु गरिरहेका छौं । प्रभावकारी बनाउन खोज्ने तर लगानी गर्न डराउने हो भने प्रभावकारितामा प्रभाव पर्छ । लगानी अभिवृद्धि गर्नका लागि नीतिगत तरिकाले अगाडि बढाउने काम निरन्तर रुपमा गर्ने छौ ।’

    यसको साथै उनले नागरिकलाई कसरी प्रभावकारी सेवा सुविधा उपलब्ध गराउन सकिन्छ भनेर अवधारणा बनाउने पहिलो काम भएको भन्दै त्यसपछि मात्र आफ्नो कामको सहजीकरण गर्ने बारेमा सोच्नुपर्ने बताए । सातै प्रदेशमा प्रत्यारोपण सेवासहितको उपचार हुने परिस्थिती विस्तारै निर्माण गर्ने पनि उनको भनाई छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij