वेबटिभी खबर
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयतह उपनिर्वाचन २०८१ मा पार्टीलाई अमूल्य मतदान दिने सम्पूर्ण मतदाताहरुप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
उनले निर्वाचित सबै जनप्रतिनिधिहरुलाई बधाई दिँदै निर्वाचनमा अहोरात्र खट्ने पार्टीका नेता कार्यकर्ता, जनमत निर्माणमा योगदान गर्ने जनसमुदाय, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सञ्चार क्षेत्रलाई धन्यवाद ज्ञापन गरेका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ सङ्कल्पको रुपमालिएको थियो । हामीले पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै यो निर्वाचनलाई हाम्रो आगामीबाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा लिएका थियौं।’
उनले पार्टीको विजयलाई उत्साहजनक सफलतालाई संकेत गर्दै भने, ‘निर्वाचितजन प्रतिनिधिको संख्या र जनमतदुबै हिसाबबाट हाम्रो पार्टीले उत्कृष्ट सफलता प्राप्त गरेको छ । विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ।’
नेपाली जनताको विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरुको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन र जनताको अवस्था बदल्न महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा रहेको उनले उल्लेख गरेका छन् । अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पार्टीले नेतृत्व गरेका स्थानीयतहहरूले उत्कृष्टकार्य सम्पादनगर्दै आएका छन्, र आगामी दिनमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेण्डामा केन्द्रित रहेर जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध छ।’
उनले यो उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई पार्टीको एजेण्डा र एकल पहिचानका साथ जनादेशको रुपमालिने घोषणा गर्दै जनताको जीवन स्तर बदल्ने अभियानलाई दृढता पूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij