Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

फागुन ७ गते एकै दिन ७७ जिल्लामा किसान महासंघको अधिवेशन गर्ने तयारी

फागुन ७ गते एकै दिन ७७ जिल्लामा किसान महासंघको अधिवेशन गर्ने तयारी

  • 693
    SHARES
  • फागुन ७ गते एकै दिन ७७ जिल्लामा किसान महासंघको अधिवेशन गर्ने तयारी

    काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल किसान महासंघले ७७ वटै जिल्ला अधिवेशन फागुन ७ गते सम्पन्न गर्ने भएको छ । 

    नेपाल किसान महासंघका राष्ट्रिय अध्यक्ष गणेश चन्द्र तिमल्सिनाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर नेपालका ७७ वटै जिल्लाको अधिवेशन एकैदिन, एकसाथ सम्पन्न गर्न लागिएको बताए । 

    अध्यक्ष तिमल्सिनाका अनुसार नेपाल किसान महासंघको सबै जिल्लाको अधिवेशन पहिलो पटक एउटै समयमा हुन लागेको हो । तिमल्सिनाले ७७ वटै जिल्ला अधिवेशन सकिएको १५ दिन भित्रमा राष्ट्रिय अधिवेशन पनि सम्पन्न गरिसक्ने योजना रहेको सुनाए । तिमल्सिना २०७९ साल असार १० गते नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकबाट तत्कालीन नेपाल किसान संघको अध्यक्ष तोकिएका थिए । 

    त्यसको झण्डै १० महिनासम्म नेपाली कांग्रेसले कुनै पनि पदाधिकारी चयन नगरिदिएको कारण आफूले काम गर्न नपाए पनि आफ्नो नेतृत्वको तदर्थ  समितिले पूर्णता पाउनासाथ शीघ्रतापूर्वक काम गरेको उनको दावी छ ।

    उनी भन्छन् ‘राष्ट्रिय समितिका पदाधिकारी लगायत पार्टीका स्थानीय नेताहरूसँगको समन्वयको कारण नैं तुलनात्मक रूपमा  छिटो जिल्ला अधिवेशन र राष्ट्रिय अधिवेशन सम्पन्न हुन लागेको हो।’

    आफूले जिम्मेवारी लिँदा नेपाल  किसान संघ मृतप्रायः अवस्थामा रहेको, जिल्ला समितिहरूको लेटर प्याड, मिटिङ माइन्युट  समेत नरहेको र कुनै पनि गतिविधि नरहेको अवस्थाबाट अहिले ७७ वटै जिल्ला समितिहरूमा आवश्यकता अनुसार नेतृत्व परिवर्तन गरेर अत्यन्तै गतिशील बनाएको उनी बताउँछन् । 

    उनी भन्छन्, ‘अत्यन्तै कमजोर नेपाल किसान संघलाई नेपालकै सबैभन्दा बढी किसानहरू आवद्ध रहेको संगठनको रूपमा नेपाल किसान महासंघ बनाउन सफल भएको छु ।’ २००८ सालमा स्थापना भए पनि नेपाल किसान संघको पहिलो अध्यक्ष २०५४ सालमा नवलपरासीका सूर्यभक्त अधिकारी तोकिए । त्यसपछि सर्लाहीका बासुदेव शरण कोइराला र तनहुँका भानुभक्त सिग्देल क्रमशः दोस्राे र तेस्रो अध्यक्ष निर्वाचित भएका थिए । 

    तिमल्सिना चौथो अध्यक्ष हुन् । नेपाल किसान संघ महासंघमा परिणत हुँदा तिमल्सिना नेपाल किसान संघको अन्तिम र नेपाल किसान महासंघको पहिलो राष्ट्रिय अध्यक्ष भए ।

    नेपाल किसान महासंघमा विभिन्न विषयगत गरेर जम्मा २० वटा संघ रहेका छन् । ललितपुरको सानेपामा आफ्नो केन्द्रिय कार्यालय रहेको महासंघको सात वटै प्रदेशमा प्रदेश समिति गठन भइसकेको छ । राष्ट्रिय महाधिवेशनले अध्यक्षसहित दुई सय ९३ सदस्यीय केन्द्रिय समितिको चयन गर्ने छ । तिमल्सिनाले राष्ट्रिय अधिवेशनका लागि स्थान नतोकिए पनि संघीय राजधानीभन्दा बाहिर गरिने योजना रहेको बताए । 

    ‘देशभरिबाट सहभागी हुने ११ सय महाधिवेशन प्रतिनिधि, पार्टीका नेताहरू, शुभेच्छुक संघ संस्थाका प्रतिनिधिहरुलाई आउन जान, बस्न र कार्यक्रम गर्न सजिलो हुने गरी राजधानी बाहिरको कुनै ठाउँको छनोट गरिनेछ,’ उनले भने । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij