Logo

२०८३, कार्तिक २० गते बिहिवार

२०८३, कार्तिक २० गते बिहिवार

विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य हुन्छ : राजेन्द्र गाैतम

विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य हुन्छ : राजेन्द्र गाैतम

  • 109
    SHARES
  • विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य हुन्छ : राजेन्द्र गाैतम

    भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य भएको बर्ताएका छन् ।

    आज नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भण्डारीको एमाले पार्टी सदस्यता र राजनीतिक पुनः सक्रियता एमालेका लागि ‘गौण विषय’ भएको बताए ।

    एमालेको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपतिको सक्रियता निषेध सम्बन्धमा विधिवत र घनीभूत छलफलपछि निर्णय गरेको उनले बताए ।

    केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कसैलाई बोल्न नदिएको भन्ने आरोप निराधार रहेको बताउँदै प्रचार विभाग प्रमुख गौतमले बैठक सर्वसहमतिको वातावरणमा निर्णय गरी सम्पन्न भएको बताए ।

    कार्यक्रमका सभापति एवं नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले पूर्वराष्ट्रपति भण्डारीको पुनारागमनले राजनीतिमा तरङ्ग ल्याएको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij