Logo

२०८३, कार्तिक २० गते बिहिवार

२०८३, कार्तिक २० गते बिहिवार

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक

  • 168
    SHARES
  • कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को पूरकतर्फको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । असोज ७ र ८ गते सञ्चालन भएको मौका परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो ।

    पूरकतर्फको मौका परीक्षाको नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

    परीक्षामा सहभागी  १ लाख ४ हजार २६ विद्यार्थीमध्ये ७६ हजार ३६७ जना  ७३.४१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ । ४ परीक्षार्थीको परीक्षाफल भने रद्द गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij