Logo

२०८३, आश्विन ३ गते शनिवार

२०८३, आश्विन ३ गते शनिवार

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरु एक ठाउँमा, माफी माग्नुपर्ने माग

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरु एक ठाउँमा, माफी माग्नुपर्ने माग

  • 120
    SHARES
  • प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरु एक ठाउँमा, माफी माग्नुपर्ने माग

    काठमाडौं । सीमा विवाद सम्बन्धी विषयमा प्रधानमन्त्रीले संसदमा व्यक्त अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदहरूले आपत्ति जनाउँदै स्पष्टिकरण माग गरेका छन्।

    सोमबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति आफ्नो दलको गम्भीर ध्यानाकर्षण भएको बताइन्। उनले भनिन्,‘हिजो प्रधानमन्त्रीज्यूले सदनमा प्रश्नोत्तरका क्रममा दिनुभएको जवाफप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीको आपत्ति छ । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा स्पष्ट पार्नुपर्छ । प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई सामान्य रूपमा लिन मिल्दैन। उहाँले सदनमा आएर नेपाली जनतामाझ आफ्नो धारणा स्पष्ट पार्नुपर्छ ।’

    त्यस्तै, श्रम, संस्कृति पार्टीका सांसद आरेन राईले देशको हितका विषयमा सत्तापक्ष र प्रतिपक्ष एकजुट हुनुपर्ने बताए। उनले भने, ‘देशले मागेको बेला सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्छ। हिजो प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति अपरिपक्व र निकै कच्चा ढंगको थियो । सच्चा देशभक्त नेपाली जनताले यसप्रति चिन्ता व्यक्त गरिरहेका छन् । उहाँ भावनामा बहकिनुभएको हो वा जिब्रो चिप्लिएको हो, त्यसबारे सदनमा स्पष्ट पार्नुपर्छ।’

    यस्तै, नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवार र राष्ट्रहितविपरीत भएको टिप्पणी गरे। उनले भने, ‘प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने अभिव्यक्ति दिनु अत्यन्त गैरजिम्मेवार कुरा हो । यो राष्ट्रघाती अभिव्यक्ति हो । यदि उहाँसँग त्यस्तो दाबी गर्ने आधार छ भने कहाँ र कुन ठाउँमा भूमि मिचिएको हो भन्ने तथ्य सदनमार्फत आम नागरिकलाई जानकारी गराउनुपर्छ। यदि तथ्य पुष्टि गर्न सकिँदैन भने उहाँले संसदको गरिमामय रोस्ट्रमबाट माफी माग्नुपर्छ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij