Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

ओली र नेपालबीच आज दोस्रो दिन पनि वार्ता सुरु

ओली र नेपालबीच आज दोस्रो दिन पनि वार्ता सुरु

  • 793
    SHARES
  • ओली र नेपालबीच आज दोस्रो दिन पनि वार्ता सुरु

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार पनि वार्ता सुरू भएको छ ।

    नेताहरुबीच नागपोखरीस्थित होटल मेरियटमा वार्ता सुरू भएको प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार मोती दुगडले जानकारी दिए । बुधबार साँझ पनि सोही होटलको कोठा नम्बर ९०१ मा करिब २ घन्टासम्म दुई नेताबीच वार्ता भएको थियो । 

    पार्टीमा चुलिएको विवाद समाधान गर्दै मुलुकमा राजनीतिक अस्थिरता अन्त्यका लागि ओली र नेपालको वार्ता केन्द्रित भएको एमालेका शीर्ष नेताहरुको भनाइ छ । 

    पु ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कित्तामा उभिएका नेपाल र अध्यक्ष ओलीबीच लगातार दुई दिनसम्म भएको वार्ताले एमालेको आन्तरिक विवाद समाधान गर्ने आशा कार्यकर्ताले राखेका छन् । 

    नेपाल र उनी पक्षका ७ नेतालाई अध्यक्ष ओलीले ६ महिनाका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका थिए । त्यसपछि विकसित घटनाक्रमसँगै दुबै नेताबीच वार्ताको वातावरण बनेको हो । ओलीले नेपालपक्षका २७ जना सांसदलाई पनि कारबाही गर्न स्पष्टिकरण सोधेका छन् । 

    दुबै नेताबीच बुधबार भएको वार्ताबारे कुनै कुरा सार्वजनिक गरिएको छैन् । बु्धबारको वार्तापछि नेपालले आफूपक्षीय नेता तथा सांसदसँग बिहीबार ओलीसँग वार्ता गर्नुअघि छलफल गरेका छन् । 

    याे पनि पढ्नुहाेस्....

    पार्टी एकता जाेगाउन ओली-नेपाल निरन्तर छलफलमा

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij