Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

कैयाैं देशहरूमा डेल्टा भेरिएन्टकाे संक्रमण बढ्दाे

कैयाैं देशहरूमा डेल्टा भेरिएन्टकाे संक्रमण बढ्दाे

  • 699
    SHARES
  • कैयाैं देशहरूमा डेल्टा भेरिएन्टकाे संक्रमण बढ्दाे

    काठमाडौं । भारतमा विस्तारै सहरहरु अनलक हुने प्रक्रियामा छन् । दिल्लीमा सोमबारबाट जिम, योग सेन्टर एवं ब्यांक्वेट हल खोल्न अनुमति दिइयो । अन्य केही राज्यले पनि प्रतिबन्ध खुकुलो बनाउन थालेका छन् । तर भारतमा तेस्रो लहर आउन सक्ने चेतावनी दिँदै मास्क लगाउन र सामाजिक दुरी कायम गर्न विज्ञहरुले सल्लाह दिएका छन् । यसैबीच विश्वका कतिपय देशमा डेल्टा भेरिएन्टको संक्रमण तीव्र रुपमा फैलिएको छ । 

    अष्ट्रेलिया
    अष्ट्रेलियाको सिड्नी सहरमा अहिलेसम्म १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण बढ्न थालेपछि सिड्नीमा ९ जुलाईसम्म लकडाउन गरेको छ । योबाहेक क्विन्सल्यान्ड र पश्चिमी अष्ट्रेलियामा पनि नयाँ संक्रमित भेटिएका छन् । संक्रमण बढेपछि  प्रधानमन्त्री स्कट मरिसनले आपतकालीन बैठक बोलाएका थिए । चार राज्यले सीमा बन्द गरेका छन् । सिड्नी र डार्विन सहरमा लकडाउन लागू गरिएको छ । 

    जोन हप्किन्स विश्वविद्यालयका अनुसार एक सातामा अष्ट्रेलियामा १७३ संक्रमित भएका छन् । यो संख्या पछिल्लो १० महिनामा सबैभन्दा धेरै हो । अष्ट्रेलियामा अहिलेसम्म ४ प्रतिशत जनसंख्यालाई खोप लगाइसकेको छ । 

    बंगलादेश 
    बंगलादेशमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ । २७ जुनमा ११९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । जोन हप्किन्स विश्वविद्यालयका अनुसार बंगलादेशमा कोरोना भाइरसबाट मृत्यु भएको यो संख्या सर्वाधिक हो । संक्रमण बढेपछि बंगलादेशले सोमबार तीन दिन लकडाउन गर्ने घोषणा गरेको छ । त्यहाँ सार्वजनिक यातायात बन्द गरिएको छ र सरकारी एवं गैरसरकारी संस्थाहरुमा सीमित संख्यामा कर्मचारी राख्न अनुमति दिइएको छ । खाद्यान्न पसलहरु बिहान ८ देखि राति ८ बजेसम्म खोल्न अनुमति दिइएको छ । 

    रुस 
    रुसमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । जुन २० देखि २६ सम्म रुसमा ३८ सय भन्दा बढीको संक्रमणबाट ज्यान गएको छ । एक सातामा यति धेरै संख्यामा मृत्यु भएको रुसमा पहिलोपटक हो । यही अवधिमा एक लाख ३२ हजार संक्रमित थपिएका छन् । जनवरीपछि लगातार नयाँ संक्रमण घट्दै गएको रुसमा डेल्टा भेरिएन्टका कारण फेरि केसहरु बढेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । अष्ट्रेलिया, बेलायत, रुससहित यस भेरिएन्टको खतरा विश्वका ८५ देशमा बढ्दै गइरहेको छ । रुसमा अहिलेसम्म ११ प्रतिशत जनसंख्यालाई खोप लगाइसके पनि खोपको अभावका कारण अहिले लगाउन सकेको छैन । संक्रमण बढेपछि मस्कोसहित केही क्षेत्रमा प्रतिबन्ध लगाएको छ ।

    थाइल्यान्ड र इन्डाेनेशिया

    थाइल्यान्डमा पनि बंगलादेशको जस्तै अवस्था भएको छ । जुन महिनामा अहिलेसम्म ९ सय ९१ जना संक्रमितको मृत्यु भएको छ । त्यहाँ मे महिनाबाट नै संक्रमण बढ्न थालेको थियो । हाल दैनिक ३ ४ हजार संक्रमित भइरहेका छन् । इन्डोनेशियामा पनि स्थिति उस्तै छ । जुनको तेस्रो सातामा इन्डोनेशियामा करिब २ हजारभन्दा धेरै व्यक्तिको भाइरस संक्रमणबाट ज्यान गयो । जनवरीपछि यो अहिलेसम्मकै सर्वाधिक संख्या हो । हरेक साता त्यहाँ करिब एक लाखभन्दा धेरै मानिस संक्रमित भइरहेका छन् । 

    बेलायत
    बेलायतमा डेल्टा भेरिएन्टकै कारण १९ जुलाईसम्म प्रतिबन्धहरु लागू गरिएका छन् । यसअघि सरकारले २१ जुनदेखि पूर्णरुपमा लकडाउन खोल्ने योजना बनाएको थियो । सन् २०२० को डिसेम्बरदेखि खोप अभियानको सुरुवात भएपछि जनवरी यता लगातार संक्रमण घटिरहेको थियो । तर डेल्टा भेरिएन्ट पुष्टि भएसँगै दैनिक नयाँ संक्रमितको संख्या तीव्र बढिरहेको छ । 

    इजरायल 
    संक्रमण रोक्नका लागि इजरायलका प्रधानमन्त्रीले १२ देखि १८ वर्षसम्मका किशोरकिशोरी र उनीहरुका अभिभावकलाई ९ जुलाईसम्म खोपको पहिलो डोज लगाउन अपिल गरेका छन् । इजरायलले ५६ प्रतिशत जनसंख्यामा कोरोना खोपको दुवै डोज लगाइसकेको दाबी गरेको छ । इजरायलले अप्रिलदेखि सार्वजनिक स्थलमा र जुन १५ देखि कार्यालयहरुमा मास्क लगाउन छुट दिएको थियो । तर हालै संक्रमण १ सयभन्दा माथि पुगेपछि पुनः मास्क अनिवार्य गरेको छ । 

    डेल्टा प्लस भेरिएन्टलाई लिएर विश्वभर चिन्ता डेल्टा प्लस भेरिएन्टलाई लिएर विश्वभर चिन्ता डेल्टा भेरिएन्ट फैलिएको बेलायतका सहरमा सेना तैनाथ, परीक्षण तीव्र  डेल्टा भेरिएन्ट फैलिएको बेलायतका सहरमा सेना तैनाथ, परीक्षण तीव्र 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij